Listen Live

बीरगंजका तरकारी तथा फलफुल व्यवसायीहरु आन्दोलित
Posted On: Aug 12, 2016

बीरगंजका तरकारी तथा फलफुल व्यवसायीहरु आन्दोलित

वीरगंज २७ साउन ।
वीरगन्जको मिना बजार स्थित सपिंग कमप्लेक्सको उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेपछि वीरगंज तरकारी तथा फलफुल व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मिना बजारमा हाल व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई सपिंग कम्प्लेक्सको स्टल दिन प्राथमिकता दिने पुरानो सहमतिविपरीत उपमहानगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भन्दै उनीहरुले आन्दोलित भएका हुन् । विरोध स्वरुप तरकारी तथा फलफूल व्यवसायी संघ र माछामासु व्यवसायी संघमाआबद्ध व्यवसायीले आज आज उपमहानगरपालिकाको कार्यलय अगाडी मध्यानह १२ बजेदेखी १ बजे सम्म १ घण्टा धर्ना दिएका थिए ।

आठ दिनअघि टेन्डर खोल्ने बेला ठेकेदारहरु बीच विवाद बढेपछि ठेक्का प्रक्रिया रोकिएको थियो । उनीहरुको मागलाई नगरपालिकाले वेवास्ता गर्दै पुनः अर्को टेन्डर अह्वान गरेको भन्दै आफूहरु सडकमा ओर्लिनु परेको तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष्ँ विदुर  गुप्ताले बताउनुभयो । यसअघि व्यवसयीहरुले कार्यकारी अधिकृतबिरुद्ध चर्का नाराबाजी गर्दै विरोध ¥याली निकालेका थिए । पुरँनो  सहमतिअनुसार आफुहरुलाई सपिंग कम्प्लेक्समा सटर उपलब्ध गराएपछि मात्र बाकी रह्ने हिस्सालाई बोलपत्र आवहन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

 

Comments