Listen Live

माउन्टेन एयरको हेलिकप्टर नुवाकोटको महादेवफाँटमा आकस्मिक अवतरण
Posted On: Aug 12, 2016

काठमाण्डौं २७ साउन ।
गोर्खाको सिर्दिबासबाट ४ जना यात्रु लिएर आएको माउन्टेन एयरको हेलिकप्टर ईन्जिनमा खराबी आएपछि नुवाकोटको महादेवफाँटमा आकस्मिक अवतरण गरिएको छ । इन्जिनमा एक्कासी खराबी आएपछि हेलिकप्टरका क्याप्टेन किरण पुनले आकष्मिक अबतरण गरिएको नुवाकोटका प्रहरी उपरीक्षक देबबहादुर बोहराले बताउनु भयो  । इन्जिनमा खराबी आएपछि क्याप्टेनले फोर्स ल्यान्डिङ गरेका हुन् ।

 

Comments