Listen Live

जनउत्तरदायी शासन र सार्वजनिक सेवा वर्तमान सरकारको पहिलो प्राथमिकता ःप्रम प्रचण्ड
Posted On: Aug 12, 2016

जनउत्तरदायी शासन र सार्वजनिक सेवा वर्तमान सरकारको पहिलो प्राथमिकता ःप्रम प्रचण्ड

काठमाण्डौं २७ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जनउत्तरदायी शासन र सार्वजनिक सेवालाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राखेकोे बताउनुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रको १४ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले राज्यका संरचनाबाट प्राप्त हुने सेवाप्रति जनतामा सर्वत्र नकारात्मकता बढ्दै गएको बताउदै यस्तो अवस्था हटाउन शासन र सार्वजनिक सेवालाई जनउत्तरदायी बनाउन सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।  प्रधानमन्त्री दाहालले सार्वजनिक निकायले आफूले निर्धारण गरेका काम समयसीमाभित्र पूरा मात्र गरिदिएमा पनि सुशासन आफैँ कामय हुने बताउनुभयो ।

 

Comments