Listen Live

दुई जना उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा भारत र चीन पठाउने निर्णय
Posted On: Aug 12, 2016

दुई जना उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा भारत र चीन पठाउने निर्णय

काठमाण्डौ २७ साउन  ।
सरकारले दुई जना उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा भारत र चीन पठाउने भएको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत तथा अर्का उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई प्रधानमन्त्रीको विशेष दूतका रुपमा चीन पठाउने निर्णय गरेको हो । मन्त्री निधि र महराले दुई छिमेकी मुलुकलाई नेपालको वस्तुस्थितिबारे जानकारी गराउने छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री महराले चीनसँगको सम्बन्ध सुधारको लागि काम गर्ने बताउनुभयो । यस्तै बैठकले महंगी, कालोबजारी र मिसावट नियन्त्रण गर्न गृह, आपूर्ति र बाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । अनुगमनमा व्यापारीले अनियमितता गरेको भेटिएपनि कारबाही गर्न कानुन नभएको भन्दै सरकारले कानुन सुधार गर्न पनि कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

Comments