Listen Live

भारत सरकारले सुत्केरी बिदा ३ महिनाबाट बढाएर ६ महिना पु¥यायो
Posted On: Aug 12, 2016

काठमाण्डौ, २७ साउन ।
भारत सरकारले सुत्केरी बिदा बढाएर ६ महिना र्पुयाएको छ । भारत सरकारले अहिले तीन महिना दिँदै आएको सुत्कोरी बिदा बढाएर ६ महिना र्पुयाएको हो । भारत सरकारले धर्मपुत्ररधर्मपुत्री बनाउन बच्चा लिने महिलालाई पनि तीन महिना छुट्टी दिने निर्णय गरेको छ । यो बिदामा महिला कर्मचारीले कम्पनीबाट पाउने सबै सुविधा पाउनेछन् । भारतको सरकारी रेडियो अल इण्डियाका अनुसार दुई सन्तानका लागि २६ हप्ता बिदा र तेस्रो वा त्यो भन्दा धेरै सन्तान हो भने १२ हप्ता मात्रै बिदा पाइन्छ । यो नियम १० या त्यो भन्दा धेरै कर्मचारी कार्यरत संस्थामा लागु हुनेछ । सरकारले बढाएको यो बिदाले झण्डै १८ लाख कामकाजी महिला लाभान्वित हुनेछन् ।

 

Comments