Listen Live

अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने
Posted On: Aug 12, 2016

काठमाण्डौ, २७ साउन ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । आजदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो । अबदेखि एक दिन ६ घण्टा, तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा र एक दिन ७ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले परिस्थिति प्रतिकुलरअनुकुल भएका एक घण्टा लोडसेडिङ थपघट हुन सक्ने जनाएको छ ।

 

Comments