Listen Live

साना हतियारको प्रयोग बढदै गएपछि जिल्लामा सुरक्षा चुनौती
Posted On: Aug 15, 2016

बीरगंज ३० साउन ।
साना हतियारको प्रयोग बढदै गएपछि शान्ति सुरक्षामा क्रमिक रुपमा सुधार आएपनि मध्यतराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा सुरक्षा चुनौती भने थपिएको छ । बारा, पर्सा, रौतहटका बिशेषगरी ग्रामिणक्षेत्रका घर घरमा सुरक्षाको नाममा अबैध साना हतियार रहेको कारण प्रहरी प्रसासनलाई टाउको दुखाई भएको छ । गत आर्थिक बर्ष ७२÷०७३ मा बारा, पर्सा, रौतहट जिल्लामा अबैध हातहतियार खरखजना मुद्धामा ५५ जनाभन्दा बढि जेल चलान भएको तथ्यांकले पनि अबैध हतियार प्रतिको मोह यसक्षेत्रमा बढ्दै गएको पुष्टिभएको छ गतबर्ष हातहतियार मुद्धामा पर्सामा १६, बारामा १८ र रौतहटमा २२ जना जेल परेका छन् । हतियारको मोहमा मध्यतराईका युवाको आकर्षण बढ्दै गएको र त्यसले सिङ्गो तराई­मधेसलाई प्रभाबीत पारेको प्रति गृहमन्त्रालयले समेत गम्भिर चासो देखाएको छ । मधेसमा हिंसाको संस्कृति हुर्कनुको पछाडि व्यक्तिगत रिसइवी र हतियारको सहज पहुँच प्रमुख कारण रहेको तथा स–साना घटनामा समेत हतियारको प्रयोग गर्ने युवाको सङ्ख्या पनि उल्लेख्यरूपमा बढ्दै गएको प्रति सुरक्षा निकायका प्रमुखहरुले चिन्ता ब्यक्त गरेका छन । यसलाई नियन्त्रण गर्न प्रहरी प्रशासन सक्रिय रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनु भयो । साना हतियार तथा आपराधिक गतिविध नियन्त्रणका लागि विगतमा अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु माथि कडा निगरानी गरिएको अदालतबाट दण्ड सजाय पाएका फरार अभियुक्तहरुलाई प्रक्राउ गर्न विशेष अभियान संचालन गरिएको अंचल प्रहरी कार्यालय नारायणी वीरगंजका प्रहरी वरिष्ठ नारायण सिंह खड्काले बताउनु भयो । उहांले सुरक्षालाई दृष्टिगत गर्दै चेकजांचलाई समेत कडा बनाईएको र विगतको तुलनामा मध्य तराईका वारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा सुरक्षा अवस्था सुद्धृढ बन्दै गएको बताउनु भयो ।

 

Comments