Listen Live

अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाएर दुई भारतीय यात्रुलाई लुटे
Posted On: Aug 15, 2016

वीरगंज ३० साउन ।
वीरगंज तर्फ आउदै गरेका २ जना भारतिय नागरीकलाई अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाएर लुटेका छन् । काठमाण्डौबाट वीरगंज तर्फ आउदै गरेको गरेको ना ५ ख ७००१ नम्बरको सपना ट्राभल्सको यात्रुबाहक वसमा रहेका यात्रुलाई अपिरिचीत व्यक्तिले नशालु पदार्थ खुवाएर वेहोस बनाएर लुटेका हुन् । भारत जयमोती गगर झागराका २५ वर्षिय शिवजी कुमार र रक्सौल गम्हरीयका २५ वर्षिय रन्जन दासलाई वेहोस बनाएर उनीसंग भएको रकम लुटेको प्रहरीले जनाएको छ । बेहोस अवस्थामा रहेका उनीहरुलाई बसका कर्मचारीले अस्पताल पु¥याएका थिए । उनीहरुलाई उपचारका लागी नारायणी उपक्ष्ँोत्रीय अस्पतालमा भर्ना गरिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब  उपरिक्षक होविन्द्र बोगटिले बताउनुभयो ।

 

Comments