Listen Live

प्रधानमन्त्री दाहालद्वारा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, पाँच मन्त्री थपिए
Posted On: Aug 15, 2016

प्रधानमन्त्री दाहालद्वारा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, पाँच मन्त्री थपिए

काठमाण्डौ, ३० साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आज आफ्नो पार्टी नेकपा माओवादी केन्द्रबाट ५ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । जनार्दन शर्मा ऊर्जा, सुरेन्द्र कुमार कार्की सूचना तथा सञ्चार, हितराज पाण्डे संघीय मामिला तथा स्थानीय विकास, अजयशंकर नायक कानुन, न्याय तथा संसदीय मामिला र धनीराम पौडेल विना विभागीय मन्त्री नियुक्त हुनु भएको हो । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा आयोजित एक विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनेयो । प्रधानमन्त्री नियुक्त भए लगत्तै दुई उपप्रधानमन्त्री नियुक्त गरेका प्रचण्डले त्यसपछि ३ मन्त्री थप्नु भएको थियो । आजको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थित थियो ।

 

Comments