Listen Live

छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्रीद्वारा स्वास्थ्य मन्त्रालयलाई निर्देशन
Posted On: Aug 15, 2016

छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्रीद्वारा स्वास्थ्य मन्त्रालयलाई निर्देशन

काठमाण्डौ, ३० साउन ।
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्री पुष्प कमल दाहालले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दहालले आज विहान स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेतीलाई टेलिफोन गरी छानविनको घेरामा रहेका चिकित्सकहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्न निर्देशन दिनुभएको हो । नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको भन्दै उनीहरुलाई तत्काल बिरामी जाँच्नबाट रोक्न प्रचण्डले निर्देशन दिएको प्रचण्डको सचिवालय सदस्य प्रकाश दाहालले जानकारी दिनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘अप्रेसन क्वाक’ अन्तर्गत गत असारमा पक्राउ गरेका ३७ चिकित्सकलाई मेडिकल काउन्सिलले निलम्बन नगर्दा उनीहरूमध्ये केही नियमित अस्पताल गएर बिरामी जाँच्न थालेका छन् । नेपाल मेडिकल काउन्सिलले हालसम्म उनीहरूको लाइसेन्स निलम्बन नगरेका कारण अदालती कारबाही जारी रहे पनि उनीहरूले बिरामी जाँच्न थालेका हुन् ।

 

Comments