Listen Live

आजबाट रेडियो वीरगंज ९९ मेगाहर्ज आफनो नियमित प्रशारणको १५ बर्ष पुरा गरि १६ बर्षमा प्रबेश
Posted On: Aug 15, 2016

मंसिर २७, मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्ज आजबाट आफनो नियमित प्रशारणको १५ बर्ष पुरा गरि १६ बर्षमा प्रबेश गरेको छ । रेडियोलाई यहाँ सम्म ल्याइपु¥याउन आआफ्नो क्षेत्रबाट महत्वपुर्ण योगदान दिनुभएका हाम्रा सम्पूर्ण श्रोता, विज्ञापन दाता, बुद्धिजिवि, पत्रकार, उद्योगि व्यवसायी तथा सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । १५ वर्ष पुरा गरि १६ वर्ष सम्ममा पाइला टेक्दा सम्मको  यो अबिराम यात्रामा आएका विभिन्न उतारचढाव र समाज प्रति रेडियोले निभाएको भुमिका आगमी दिनमा अझै प्रभावकारी र शसक्त ढंगले अगाडि बढाउने रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले प्रतिबद्धता जनाउनु भएको छ । बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो बीरगंजले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाई रहने बिश्वास लिएको छ । रेडियोले संधै समाजीक भावनाको उत्तरदायीत्व बहन गर्र्दै आफ्नो कार्यहरु अघि बढाइ रहने कार्यकारी अध्यक्ष साहद्धारा आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । मध्य तराइकै स्पन्धन  ढुकढुकीको रुपमा रहेको रेडियो वीरगंज आगामी दिनमा अझ सशक्त रुपमा अगाडी बढ्ने प्रतिवद्धता समेत विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

 

 

Comments