Listen Live

तराईका ८ जिल्लामा सञ्चालित सीमाक्षेत्र विकास कार्यक्रम सफल
Posted On: Aug 12, 2016

वीरगंज २७ साउन ।
बारा, पर्सा रौतहट लगायतका सिमावर्ति तराईका ८ जिल्लामा सञ्चालित सीमाक्षेत्र विकास कार्यक्रम मधेश आन्दोलनका बीच सन्तोषजनक तवरले सञ्चालन भएको पाइएको छ । सीमावर्ती गाविसमा सामाजिक तथा पूर्वाधार विकाससँग सम्बन्धित कार्यक्रमले मधेश आन्दोलनका बीच पनि सफलता पाएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । गत आवको माघ ७ गते उपप्रधानमन्त्री कमल थापाद्धारा  महोत्तरीको बर्दिवासमा उद्दघाटन गर्नुभएको यस कार्यक्रम बारा, पर्सा, रौतहट, सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा सञ्चालित छ । कार्यक्रमको सुरुवात भए देखी शुरु भएको वन्द हड्तालका विच पनि जिविस र स्थानीयवासीको निरन्तर प्रयासले कार्यक्रम सन्तोषजनक भएको  मन्त्रालयका उपसचिव सुमन घिमिरेले बताउनुभयो । कार्यक्रमले तयार पारेको विवरणअनुसार बेमौसमी तरकारी खेतीअन्तर्गत १६६१ लाई किटनाशक औषधि बीउ बिजन वितरण गर्ने लक्ष्य राखेकोमा १२७६ जनाले उक्त सुविधा पाएका छन् । बारामा ७८ र पर्सामा ६३, रौतहटमा ५४, सप्तरीमा ६८, सिरहामा ७१, महोत्तरीमा ९७ प्रतिशत भौतिक प्रगति भएको छ । यस्तै २५ वटा सामुदायिक भवन बनाउने लक्ष्य राखेकोमा २० वटा निर्माण भइसकेको छ ।
उता खानेपानी, ढल, बिजुलीको पोल, पोखरी मर्मतजस्ता आयोजनाहरूमा ९० प्रतिशतसम्म प्रगति भएको छ । यसैगरी जनचेतना, कृषि तथा पशुपालनसम्बन्धी तालिमजस्ता क्षमता विकासको कार्यक्रमबाट ७ हजार २ सयभन्दा बढी लाभान्वित भएका छन् । यस आवदेखि भारतसँग सीमा जोडिएका सबै गाविस र नगरपालिकाका वडामा यस कार्यक्रम सञ्चालन गर्ने घोषणा बजेट वक्तव्यले गरेको छ । यस वर्षका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

 

Comments