Listen Live

१३ वर्षीया किशोरी लाई बन्धक बनाएर करणी गरेको घटना सार्वजनिक
Posted On: Aug 12, 2016

वीरगंज २७ साउन ।
रौतहटमा १३ वर्षीया एक किशोरीलाई बन्धक बनाएर एक युवकले जबरजस्ति करणी गरेको घटना सार्वजनिक भएको छ । रौतहटको पचरुखी गाविसमा खेतमा घास काट्न गएकी किशोरीलाई छतौना टोलका १८ वर्षीय राजेश महराले बन्धक बनाएर जबरजस्ति करणी गरेको पिडितले बताएका छन् ।

घाँस काट्न गएकी छोरी राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तले खोजतलास शुरु गरेकोमा  हिजो  दिउँसो खोला नजिकको धान खेतमा हात खुट्टा बाँधिएको अवस्थामा  अचेत फेला परेकी थिइन् । पीडितको उजुरीका आधारमा प्रहरीले युवकको खोजतलास गरिरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो ।

 

Comments