Listen Live

युवतीलाई मानसिक तनाव दिएको आरोपमा पर्सा प्रहरीद्वारा एक युवक पक्राउ
Posted On: Aug 12, 2016

वीरगंज २७ साउन ।
युवतीलाई मानसिक तनाव दिएको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  वीउनपा १३ का धमेन्द्र चौरसियालाई प्रहरीले पक्राउ गरेको हो  । अभद्र व्यवहार गरेको तथा मानसिक तनाव दिने गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले चौरसियालाई पक्राउ गरेको हो ।

भारतको विहार स्थित  मुजफ्फरपुर घर भइ वीरगंज वस्दै आएकी युवतीको दाजुले चौरसिया संग पैसा सापट लिएका थिए । सोही आडमा चौरसियाले युवतीलाई विभिन्न वहानमा मानसिक तनाव दिने गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको पर्साका  प्रहरी नायब उपरिक्षक होविन्द्र बोगटिले बताउनुभयो ।

 

Comments