Listen Live

दुई पांगे्र सवारी साधनको चालक अनुमति पत्रको निवेदन दर्ता कार्य शुरु
Posted On: Aug 12, 2016

वीरगंज २७ साउन ।
नारायणी यातायात व्यवस्था कार्यालयले आज देखि दुई पांगे्र सवारीसाधनको  चालक अनुमति पत्र वितरणका लागि निवेदन दर्ता गर्ने कार्य शुरु भएपछि यातायात कार्यालयमा हजारौं सेवाग्राहीहरुको भिड लागेको छ । कार्यालय अगाडी सेवाग्राहीको भिड लागेपछि प्रतिमा चौकबाट पावर हाउस जाने सडक खण्डमा सडक जाम भएको छ ।

भिडलाई प्रहरीले नियन्त्रण गर्न नसक्दा समस्या उत्पन्न भएको सेवाग्रहीहरुले जनाएका छन् । आज देखि मोटर साईकल  र  स्कुटी लगायतका दुई पांग्रे सवारी साधनको लागी चालक अनुमति पत्र वितरणका लागी दरखास्त खुलको  तथा हेवी इक्युमेन्ट अन्तरगत पर्ने लोडर, डोजर, स्काभेटर लगायतका सवारी साधानहरुको लाईसेन्स वितरणका लागि पनि छिटै दरखास्त आवह्न गरिने यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाका प्रमुख कमलराज गौतमले बताउनु क अनुमति पत्रका लागि लिईने ट्रयाल परीक्षा स्थान निर्माण भइरहेको बताउदै भदौमा दस्तखास्त आवहन गरिने उहाले जानकारी दिनुभयो ।

 

Comments