Listen Live

Video Gallery
यस्तो छ मोदीकाे सम्बोधन (भिडियोसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले व्यवस्थापिका संसदमा सम्बाेधन गरेका छन्। अाफ्नो सम्बोधनका क्रममा उनले नेपालको सडक र जलविद्युत विकासका लागि एक अर्ब अमेरिकी डलर सहुलियत ऋण दिने घोषणा गरेका छन् । नेपालीमा सम्बाेधन सुरु गरेका उनले पछि हिन्दीमा सम्बोधनलाई निरन्तरता दिएका थिए । यस्तो थियो उनकाे सम्बोधन – यो यस्तो यात्रा थियो, जुन म प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नेबित्तिकै गर्न चाहन्थेँ, किनकि हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्ये हो। म एक सय २५ करोड भारतीय जनताको माया, शुभकामना र सद्भावना लिएर आएको छु। भारत र नेपालको सम्बन्ध त्यति नै पुरानो छ, जति हिमालय र गंगाको छ। हाम्रो सम्बन्ध कागजको पानाबाट अघि बढेको छैन, हाम्रो सम्बन्ध मनको अन्तस्करणदेखि छ, जनजनको मनको प्रतिबिम्बका रूपमा रहेको छ।

Comments